अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी र अभिनेता मनिष सुन्दर श्रेष्ठ अभिनित फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ शुक्रवारबाट रिलिज भएको छ । प्रचार प्रसारमा निकै ध्यान दिएको फिल्मले कस्तो ब्यापार गर्दा त्यो भने थाहा हुन् बाकी छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा फिल्म चर्चामा रहेको छ ।
फिल्मलाई विकाश बस्यालले निर्देशन गरेका हुन् । यसको कथा पनि उनकै हो । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म यसका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह–निर्मात्रीमा छिन् ।

विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारील लगायतको पनि फिल्ममा अभिनये छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व छन् ।
फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत छ ।

यस्तै ’एक्स्ट्रा माया’ नामक फिल्म पनि प्रदर्शनमा आएको छ । सोम कुस्कुमाझी निर्देशित यस फिल्ममा सुस्मिता बुर्लाकोटी, अर्जुन खड्का, सनी सुनवार, सृष्टि भण्डारी लगायतको अभिनय छ । यस फिल्मको भने चर्चा खासै थिएन ।

For More videos Log on to Mazzako TV