‘सबै कुरा जानेर फिल्म बनाएको होईन’ : अर्पण थापा
प्रशंग हो चलचित्र ‘मुखौटा’को टिजर र पोष्टर रिलिजको । चलचित्रको बारेमा निर्देशक अर्पण थापा निकै आशावादी छन् । तर सँगै, चलचित्रमा कुनै त्रुटि नै नहोला भन्न नसकिने उनको भनाई छ । “सबै कुरा जानेर सिनेमा बनाएको होईन”, पहिलो पटक चलचित्र निर्देशन गरेका थापाले भने “तर चलचित्रमा कम भन्दा कम त्रुटि मात्रै देखाउने प्रयास गरेका छौ ।”
आईतबार राजधानीमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरि चलचित्र ‘मुखौटा’ युनिटले नव बर्षको शुभकामना आदान प्रदान मात्रै गरेन, चलचित्रको टिजर र पोष्टर पनि सार्वजनिक गरेको छ ।
पोष्टर सार्वजनिक गर्दै चलचित्रका निर्देशक अर्पण थापाले चलचित्रको पखाई दर्शकमा रहने बताएका छन् । त्यस्तै नायिका निशा अधिकारीले पनि नेपाली फिल्म रहे, हामी सबै रहने बताउदै सबैलाई नेपाली चलचित्रलाई माया गरिदिन अनुरोध गरिन ।
तीन महिना अघि चलचित्रको घोषणा गर्न पत्रकार सम्मेलन गरेको ‘मुखौटा’ले अहिले आएर चलचित्रको सम्पुर्ण काम सकिएको जानकारी सहित पत्रकारहरुसँग भेटघाट गरेको हो । जेठ १६ गतेबाट नेपाल सहित बिदेशका विभिन्न मुलुकहरुबाट चलचित्र रिलिजमा आउनेछ ।
चलचित्रको निर्माण युनिट चलचित्रको टिजर र पोष्टरले दर्शकमा चलचित्रको बारेमा उत्सुकता पैदा गराउने ध्याउन्नेमा लागेको छ । चलचित्रको पोष्टर पनि निकै मेहनत गरेर बनाईएको देखिन्छ । हलिउड स्टाईलमा कलर करेक्सन गरिएको यस चलचित्रको गीत भने एक हप्ता पछाडी रिलिज गरिदैछ ।
चलचित्रमा महानायक राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, दयाहाङ्ग राई, निशा अधिकारी, रविन तामाङ्ग, हर्षिका श्रेष्ठ, प्रशान्त तामाङ्ग र स्वयं अर्पण थापा पनि देखा पर्दैछन् ।
For More videos Log on to Mazzako TV