नेपाली फिल्ममा चर्चित अभिनेता शिव श्रेष्ठका दाइका छोरा हुन्, अभिनेता मनिष सुन्दर श्रेष्ठ । मनिषलाई निर्देशक दयाराम दाहालले फिल्म ‘रानी’बाट फिल्म क्षेत्रमा भित्राएका थिए । रानी भन्ने फिल्म राम्रो चलेको भए मनिषलाई पनि चल्ने वातावरण बन्थ्यो होला । तर, मनिषको यो फिल्म नचलेपछि उनलाई दर्शकले चिनेनन् ।

अब, मनिष फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ बाट दर्शकमाझ आउँदैछन् । असार ८ गतेबाट यो फिल्म रिलिज हुँदैछ । यो फिल्मको एउटा गीतपछि ट्रेलर रिलिज गरिएको छ । मनिषलाई कमजोर फिल्म र कमजोर प्रचारले चर्चामा आउन दिएको छैन । मनिषको लुक्स, स्टाइल आकर्षक छ । तर, उनले रोजेका फिल्मले नै उनलाई उभो लाग्न दिएको छैन ।

तिमी हुन्छौ जहाँ जहाँ पनि उनी रानीकी अभिनेत्री मलिना जोशीसँग नै देखिएका छन् । तर, फिल्मको प्रचार कमजोर हुँदा मनिषलाई घाटा लागिरहेको छ ।

For More videos Log on to Mazzako TV