Aabaran 8उनले सोतो टिसर्ट लगाएकी छिन, हातमा लौरो पनि छ । टिसर्टमा ‘आवरण’ लेखिएको छ । ‘आवरण’ सिनेमाको नाम हो, जुन जेठ २ गतेबाट प्रर्दशनमा आउदैछ ।

‘आवरण’ लेखिएको टिसर्ट अरु धेरैले लगाएका छन् । तर पनि भीडमा उनी नै आर्कषणको केन्द्र बनेकी छिन् । सायद चलचित्रकी नायिका भएर पनि होला, उनी हुन नायिका प्रियंका कार्की ।

नायिका कार्कीले शनिबार बागमती सरसफाईमा जाँगर चलाएको देखियो । बागमती सरसफाई एक दिन गरेर त के सफल होला र ? तर चलचित्रको युनिटले फिल्मको प्रामोसन भने मज्जाले नै गरेको देखियो ।

चलचित्रका सम्पुर्ण कलाकारहरु सहित निर्माता र निर्देशक पनि बागमती सफा गर्न शनिबार फुर्सद निकालेर आएका थिए ।

Aabaran 10

बागमती सफा गर्न चलचित्रकी नायिका प्रियंका सँगै चलचित्र ‘आवरण’का निर्माता अनिल योञ्जन निर्देशक सुवास कोईराला, कलाकारहरु दिब्यदेव, शुसिलराज पाण्डे, राजन इसान, अनुभव रेग्मीको पनि उपस्थिति रहेको थियो ।

नवजागरण बिकास समाजसँग मिलेर आवरण टोलीले गुहेश्वरीको पुल नजिकैको क्षेत्रमा सरसफाई गरेको थियो । बिहान ११ बजेदेखि १ बजेसम्मको सरसफाईको कार्यक्रम फलदायी भएको चलचित्रको ‘आवरण’ युनिटले जानकारी दिएको छ ।

Aabaran 3

सिनेमाको पब्लिसिटीसँगै बागमतीको सफाई पनि हुने भएकाले आफुहरुले यो उपाय अपनाएको निर्माता अनिल योञ्जनले जानकारी दिए । ‘सिनेमाको पब्लिसिटी सँगै सफाई पनि हुने भएकाले हामी यहाँ आएका हौ’, चलचित्रका निर्देशक सुवास कोईरालाले भने ‘हामी अन्य सिनेकर्मीलाई पनि बागमती सफाईको अभियानमा सामेल हुन सुझाव दिन्छौ ।’

‘आवरण’ बाहिरी खोल हो, जुन हामी सबैले बोकेर हिड्छौ । एउटा मान्छेको बाहिरी खोल वा रुप र भित्री रुपमा कस्तो फरक हुन सक्छ भन्ने मुल कथालाई चलचित्र ‘आवरण’मा हेर्न पाईनेछ ।

Aabaran 7

चलचित्रको कथा रहस्यमय रहेको निर्माण युनिट बताउछ । ब्यबसायिक सफल्ताको स्वाद चाख्नबाट बञ्चित रहेपनि चलचित्र ‘अपवाद’ निर्देशन गरेर राम्रै प्रतिक्रिया पाएका सुवास आवरणबाट फिल्म इन्डष्ट्रीमा तहल्का मच्चाउने सोचमा छन ।

चलचित्रलाई संयुक्त रुपमा अनिल योञ्जन, लक्ष्मी लामा,प्रतिभा योञ्जन, सविता राई र राजन श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रलाई हरि हुमागाईले खिचेका हुन् ।

Aabaran 9

For More videos Log on to Mazzako TV