सानो मान्छेको ठुलो सपना, क होला त पुरा ?
साना केटाकेटी तर उनीहरुको सपना भने ठुलो छ । गाँउको परिवेश, भौतिक पुर्वाधारहरु त्यस्तै नै हुन्, सहरमा जस्तो सुविधा हुन्न नै । अभाव र पिडा छ तर पनि फुटबल खेलेरै विश्वकपमा जाने र देशको नाम विश्वमाझ चिनाउने सपना, अति त्यही सपनालाई विपनामा बदल्न गरिने प्रयास ।
यस्तै यस्तै कथाबस्तु बोकेको चलचित्र ‘वर्ल्डकप इन नेपाल’ तयार भएको छ । चलचित्र बैशाख १९ गतेबाट रिलिज हुदैछ तर चलचित्रको एक गीत ‘म त सानो मान्छे’ भने युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
गीतमा फुटबल खेल्ने केटाकेटीले भोग्नुपरेको समस्याहरु देखाईउको छ । अभिभावकको चाहना र उनीहरुका छोराछोरीको चाहना बाझिएको गीतमा हेर्न पाईनेछ ।
चलचित्र ‘वर्ल्डकप इन नेपाल’ मासोनु केसी, शर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, भिम प्रसाद मैनाली, गिरी प्रसाद पुन, गोपाल अर्याल, सृजना तामाङ्ग, उमेश थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन भने चलचित्रमा जुगल डंगोलको संगीत रहेको छ । ‘वर्ल्डकप इन नेपाल’, चलचित्र बिकास बोर्डबाट बिशेष फिल्मको रुपमा समेत पुरस्कृत भएको फिल्म हो । चलचित्रको निर्माण प्रकास थापाले गरेका हुन् ।
For More videos Log on to Mazzako TV