म त खोक्रो सारंगी, गीत गाउदछु रंगी बिरंगी
भाका ल्याउदछु नवै तरंगी, ब्यथा गाउदछु सबैको म त सारंगी
म त खोक्रो सारंगी, गीत गाउदछु रंगी बिरंगी’

रुविन गन्दर्भको साथमा दुई बालिकाहरु लिएर उनी विभिन्न ठाँउहरुमा घुमी घुमी खोक्रो सारंगी बोलको गीत गाउदै हिडेको भिडियोमा देख्न पाईन्छ । गीतको भाकासँगै मेरी बास्सैका फसिलालले पनि बीचमा फुत्त फुत्त कम्मर मर्काउन आईपुग्छन् ।

हास्य कलाकार हरिबंश आचार्यको आवाजमा सजिएको नयाँ गीत शुक्रबार युट्युबाट सार्वजनिक गरिएको हो ।

प्रेमराजा महतको संगीत र शब्दमा तयार पारिएको गीतमा हरिवंशले आवाज भरेका छन् । भिडियोलाई प्रदिप भट्टराई र दिपेन्द्र खनियाँले मिलेर निर्देशन गरेका हुन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

 

 

For More videos Log on to Mazzako TV