10168344_622217111186568_752980037_nएकतिर विवाहको चटारो अर्कोतिर आफैले निर्माण गरेको चलचित्रको प्रोमोसन गर्नु पर्ने, नायक आर्यन सिग्देल यतिबेला पर्नु चटारो परेको छ ।

चलचित्रको प्रोमोसन बढी बिवाहको तयारी तर्फ उनको ध्यान कम गएको हो कि ? उनलाई हेर्दा र उनका कुरा सुन्दा यस्तै लाग्छ ।

‘विवाहलाई भन्दा चलचित्रको रिलिजलाई लिएर एक्साईटेड छु’, चलचित्रको प्रोमोसन गर्न देश दौडाहमा निक्लिएका आर्यले दमक स्थित पाथिभरा एफ एममा अन्तर्वाता दिदै भनेका छन् ।

चलचित्रको प्रोेमोसनको लागि झापा पुगेका आर्यनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फिल्मका बारेमा प्रारम्भिक अपेक्षाको बिषयमा जानकारी लिएका छन् ।

उनी चलचित्र नोभेम्बर रेनको सफल्ताको कामना गर्दै पुजा आजा गर्न ताप्लेजुङको पाथिभरा तर्पm शुक्रबारै हिडेका छन् ।

निर्माण युनिटसँग झापा पुगेका आर्यनले पाथिभरामा गएर चलचित्रको सफल्ताको लागि पुजा आजा गर्ने कार्यक्रम रहेको छ ।

विहिबारै झापा झरेका आर्यनले दमकस्थित पाथिभरा एफ एममा अन्तरवार्ता दिदै नोभेम्बर रेन राम्रो चलचित्र बनेको बताएका छन् । चलचित्रबाट राम्रो प्रतिक्रिया पाउने उनको अपेक्षा छ ।

बैशाख ६ गते विवाह बन्धनमा बाधिन लागेका आर्यन विवाह भन्दा नोभेम्बर रेनको रिलिजलाई लिएर निकै एक्साईटेड देखिईनुले अनेकौ प्रश्नहरु उब्जाएका छन् ।

विवाह प्रतिको उनको रुचिमा कमी आएको या चलचित्र प्रतिको बढी अपेक्षा ? यो प्रश्नको जवाफ भने आर्यनलाई नै थाहा होला । तर पछिल्लो समय उनले अभिनय गरेका चलचित्रहरुले सफल्ता पाउन नसकिरहेको बेलामा आफैले निर्माण गरेको चलचित्रबाट अलि बढी अपेक्षा राख्नुलाई स्वभाविक नै मान्न सकिएला ।

आर्यन सिग्देल र सुबास गिरीको संयुक्त लगानी रहेको ‘नोभेम्बर रेन’मा सुन्दर नगरी धरानका रमणिय दृश्यहरु हेर्न पाईनेछ । दिनेश राउतको निर्देशनमा बनेको यस चलचित्रमा तारा प्रकास लिम्बुको संगीत रहेको छ ।

चलचित्रमा आर्यनलाई नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङ्सँग रोमान्स गरिरहेको हेर्न पाईनेछ । चलचित्र यही बैशाख १२ गते देखी अल नेपाल प्रदर्शन हुँदैछ ।

For More videos Log on to Mazzako TV