हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) निर्देशित फिल्म ‘चङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
कमेडी जनरामा निर्माण भएको फिल्मको ट्रेलरमा पैसा अभावका दृष्यहरुलाई देखाइएको छ । फिल्म ‘चङ्गा’ ले पारिवारिक तथा सामाजिक कथा बोल्छ । निर्देशक किशोर भण्डारीले फिल्म वास्तविक कथामा निर्माण भएको समेत बताए । फिल्मको कथा निर्देशक आफैंले लेखेका हुन् ।

फिल्ममा वुद्दि तामाङ (हैट), कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । फिल्म यहि जेठ २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

रविन आचार्यले खिचेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।

For More videos Log on to Mazzako TV