अभिनेत्री आँचल शर्मा लामो समयपछि आफ्ना प्रेमी पल शाह विना देखिइन् । फिल्म ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन मनाएको कार्यक्रममा आँचल एक्लै पुगिन् । अभिनेता पल शाह जनकपुर भएकाले कार्यक्रममा उपस्थित हुन सकेनन् ।

फिल्मको निर्माण टिमले पललाई दिएको मायाको चिनोको पनि आँचलले नै ग्रहण गरेकी थिइन् । पल कार्यक्रममा नपुगेपछि आँचलमा छटपटी धेरै देखियो । आँचललाई अर्की अभिनेत्री प्रियंका कार्कीले साथ दिइन् । आँचल र प्रियंका पहिलो पटक यति नजिक देखिए ।

पल नभएपछि आँचलले प्रियंकाको साथ खोजेकी थिइन् । आयुष्मान विना नै पुगेकी प्रियंकाले पनि आँचललाई साथ दिइन् । यो फिल्ममा यी दुई अभिनेत्रीको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV