फिल्म ’रणवीर’ को छायाँकन यतिबेला धनगढी, महेन्द्रनगर लगायतका सुदुरपश्चिमको रमणीय स्थलमा भईरहेको छ । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्मको झन्डै ६५ दिनको छायाँकन उपत्यकामा सकिएपछी निर्माण युनिट त्यहाँ पुगेको हो ।

झन्डै तिन हप्ते सेड्युल लिएर त्यहाँ पुगेको युनिटले केहि दृश्य र दुई गीतको छायाँकन गर्ने निर्माण युनिटले जनाएका छन् । निर्माण घोषणामै महँगो बजेट भनेइको फिल्मलाई विना सम्झौता छायाँकन गरिरहेको युनिटको भनाइ छ । फिल्मले महेन्द्रनगरको छायाँकन लगभग सकाएको छ भने धनगढी, घोडाघोडी ताल लगायतका रमणीय स्थलमा छायाँकन अझै बाकि छ । फिल्मका कलाकार सुशील सिटौला, सुपुष्पा भट्ट, हरिहर शर्मा, जगदीश रिजाल लगायतको छायाँकन भईरहेको छ ।

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला, सुपुष्पा भट्ट, टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ ।

यसैफिल्म मार्फत मोडलिङ क्षेत्रको चर्चित नाम शुभेच्छा खड्का फिल्ममा डेब्यु गर्दै्छिन । महेश पौडेलको छायाँकन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गर्नेछन् । फिल्म युनिटले छायाँकन सेटबाट केहि तस्वीर पनि सार्वजनिक गरेको छ ।

For More videos Log on to Mazzako TV