स्वं. शिव रेग्मी निर्देशित प्रर्दशनको हिसाबले अन्तिम चलचित्र मनले मनलाई छुन्छ आजदेखि देशभर एकैसाथ प्रर्दशन हुदैछ । चलचित्र प्रर्दशनको पुर्वसन्ध्यामा चलचित्र युनिटले भरतपुरमा एक पत्रकार सम्मेलन गरेको थियो ।

पत्रकारहरुलाई जानकारी गराईएअनुसार आज स्वं. शिव रेग्मीको सम्मान र सम्झना स्वरुप रेग्मी निवासबाट चितवनको इन्द्रदेव चलचित्र मन्दिरसम्म बाजागाजा सहितको ¥याली निकालिने भएको छ ।

चलचित्र प्रर्दशनको अघिल्लोदिन गरिएको पत्रकार सम्मेलनमा रेग्मी पत्नी ज्ञानुले सबै दर्शकहरुलाई चलचित्र एकपटक हेरिदिन आग्रह समेत गरिन । ‘यसपछि उहाँको अरु कुनै चलचित्र प्रर्दशन नहुने भएकाले र चलचित्र आफैमा निकै राम्रो बनेकाले पनि म सबैलाई चलचित्र हेरिदिन आग्रह गर्दछु’ उनको भनाई थियो ।

पत्रकार सम्मेलनका लागि नै भनेर चितवन पुगेका नायक विरेन श्रेष्ठ पनि चलचित्रबाट निकै आशावादी देखिएका छन् । आफु चलचित्रको कलाकार मात्र नभई निर्माता समेत भएको हिसबाले चलचित्रमा कुनै कम्प्रमाईज नगरिएको उनले बताएका छन् ।
चलचित्रकी नायिका गरिमा पन्त पारिवारीक चलचित्र भएकाले सपरिवार गएर चलचित्र हेर्न मिल्ने बताउछिन् । ‘चलचित्रको विषयबस्तुले दर्शकको मन छुनेमा विश्वस्त छु’, नायिका गरिमा भन्छिन् ।

कार्यक्रममा शिव रेग्मीसँग निकै लामो फिल्मी यात्रा गरेका निर्माता तथा कलाकार केशव भट्टराईको पनि उपस्थिति रहेको थियो । ‘शिव रेग्मीका अन्य हिट चलचित्र झै यो चलचित्र पनि सफल हुनेमा म विश्वस्त छु’ भट्टराईले भने ‘म आफै यो चलचित्रको एक कलाकार तर आफैले चलचित्र हेर्दा एक दुईवटा दृश्यहरुमा मैले आँशु थाम्न सकेको छैन ।’

‘मनले मनलाई छुन्छ’ पारिवारिक बिषयबस्तुमा आधारित सिनेमा हो । चलचित्रमा बिरेन श्रेष्ठ, गरिमा पन्त, सुमन सिंह, मिथिला शर्मा, केशव भट्टराई, सृजना बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई बिरेन श्रेष्ठ र सुनिल सिटौलाले मिलेर बनाएका हुन् ।

For More videos Log on to Mazzako TV