Sabin and Jenishaपछिल्लो समय फिल्महरुले कमाल गर्न नसकिरहेको बेलामा चलचित्र आधी बाटोले भने हलमा दर्शक मज्जाले बटुलेको छ । दर्शकले रुचाएको यो चलचित्रको बुधबार राजधानीमा बिशेष प्रेस सो गरिएको थियो ।

नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरु सहित पत्रकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा चलचित्र हेरि सकेपछि सबैले चलचित्र राम्रो बनेको र आम दर्शकको मनछुने चलचित्र रहेको प्रतिक्रिया दिएका छन् ।

कालिन्चोकको डाडाँदेखि लन्डनसम्मका रमाईला दृश्यहरु चलचित्रमा हेर्न पाईन्छ । मेकिङ्गको हिसाबले चलचित्र फुल कमर्सियल भएको पत्रकारहरुको प्रतिक्रिया रहेको छ ।

चलचित्र हेर्न हलमा पुगेका चर्चित कलाकारहरुले निर्माता रमेश त्वायना र निर्देशक सविर श्रेष्ठलाई चलचित्र राम्रो बनेकोमा बधाई दिएका छन् ।

चलचित्र हेर्न कुमारी हलमा पुगेकी नायिका रेखा थापाले भने अचम्मको प्रतिक्रिया दिएकी छिन् । चलचित्रको बारेमा बोल्दै उनले निर्देशक सविर श्रेष्ठ र नायक सविन श्रेष्ठको मात्रै नाम लिईन । सँगैका अर्का नायक यस कुमारको उनले कुरै गर्न चाहिनन् ।
फिल्मको शो अवधिभर नायिका रेखा अभिनेता तथा गायक यस कुमारसँग एक शब्द पनि बोलिनन् । यति सम्म कि उनीहरु एक अर्काका छेउ पर्न पनि रुचाएनन् ।

Rekha Thapa

‘बाटोमुनिको फूल’ र ‘बीर’ लगायतका चलचित्रम काम गरेका यस र रेखा किन एक अर्कासँग बोल्न चाहेनन भन्ने जिज्ञासा उपस्थित सबैमा उब्जिउको देखियो ।

चलचित्र ‘आधी बाटो;मा यस कुमार, सविन श्रेष्ठ, जेनिसा केसी, अनु शाह लगायतको मुख्य भुमिका रहेको छ । यसअघि ‘हाँसि देऊ एक फेर’ बनाएर घाटा बिहोरेका निर्माता रमेश त्वायनालाई यो चलचित्रले भने राहत दिने देखिएको छ ।

Aadhi Baato 1

For More videos Log on to Mazzako TV