किशोर भण्डारी ‘डिट्ठासाब’ निर्देशित फिल्म ‘चङ्गा’ को पहिलो गीत सार्वजनिक भएको छ । जेठ २५ गतेलाई प्रदर्शनको तयारी गरिएको फिल्मको पहिलो प्रचार सामाग्रीको रुपमा ‘कम्पनी माला’ बोलको गीत समर्वजनिक गरिएको हो । लोकलयमा आधारित ‘कम्पनी माला’ बोलको गीतमा राजेन्द्र थापाको शब्द, राजराज सिवाकोटीको सङ्गीत र संगीतकार राजनराजसंगै अञ्जु पन्तको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मका प्राय सबै कलाकारहरु प्रस्तुत छन् । भिडियोलाई कविराज गहतराजले मज्जाको कोरियोग्राफी गरेका छन् ।


फिल्ममा ‘चङ्गा’ मा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी लगायतका कलाकारको अभिनय छ । फिल्म कमेडी जनरामा निर्माण भएको निर्माण युनिटले बताउँदै आएको छ । निर्देशक भण्डारीको कथा रहेको फिल्मलाई रेश्मा तिमिल्सिना उर्फ बुनुमैचाले निर्माण गरेकी हुन् ।

For More videos Log on to Mazzako TV