नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको दोस्ती पनि बडो गज्जबकै छ । उनीहरुले आजकाल एक अर्काको निकै केयर गरेको देखिन्छ । यस्तै दृश्य मंगरबार पनि देख्न पाईयो ।

प्रशंग हो चलचित्र ‘नोभेम्बर रेन’को अडियो लन्चको । बिजुलीबजार स्थित सुवास इन्टरटेन्मेन्टमा अडियो लन्चको कार्यक्रम चलिरहेको थियो । अचानक कार्यक्रमको बिचैबाट आर्यन र नम्रता जुरुक्क उठेर बाहिर निश्किए ।

यसरी अचानक उनीहरु बाहिरिएपछि सबैजना आश्चर्यचकित पर्नु ठुलो कुरा पनि भएन । करिब पाँच मिनेट जति उनीहरु हराएर पुन कार्यक्रम भएको हलमा प्रवेश गरे ।

यि सबै कुरा नियालीरहेका पत्रकारहरु सबै अलमल्ल परे । यसैबिचमा त्यहाँ प्रश्न उब्जिईहाल्यो । कार्यक्रमको बिचैमा आर्यन र नम्रता किन बाहिर गए त ? र फेरि किन फर्किएर आए ?

प्रश्न सुनेर नम्रता केही नर्भस देखिए पनि नायक आर्यनले भने हाँसी हाँसी जवाफ दिए । उनले भने ‘उनी अलि कमजोर छिन त्यही भएर भमिट गराउन उनलाई ट्वाईलेटसम्म लगेको हो ।’

टाईफाईडले गर्दा कमजोर भएकी नायिका नम्रतालाई ‘ताण्डब’ चलचित्रको सुटिङ्गले गर्दा पनि निकै गारो भईरहेको छ । चलचित्रको लागि नाईट सुटिङ्गमा समय दिनु परेकाले गर्दा पनि उनलाई रिकभर हुन समय लागिरहेको छ ।

चलचित्र ‘नोभेम्बर रेन’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठको रामेमान्सलाई हेर्न सकिनेछ । चलचित्रमा छुल्ठिम गुरुङ्गको पनि मुख्य भुमिका रहेको छ । सुवास गिरी र नायक सिग्देलले मिलेर बनाएको यस चलचित्रको निर्देशन दिनेश राउतले गरेका हुन् ।

चलचित्रको गीत बजारमा हिट भईसकेपछि गरिएको अडियो लन्चलाई पनि पब्लिसिटीको अर्को नयाँ उपायको रुपमा लिन सकिन्छ । पब्लिसिटीको नयाँ नयाँ तरिकाहरु अपनाई रहेको यस चलचित्रको टोलीको मेहनतले कस्तो रंग ल्याउने हो त्यो भने बैशाख १२ गतेबाट मात्रै थाहा हुनेछ ।

नोभेम्बर रेन बैशाख १२ गतेबाट अलनेपाल रिलिज हुदैछ ।

 

For More videos Log on to Mazzako TV