आज आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औसी । आमा बुवा भनेको जिउँदो भगवानको प्रतिमुर्ति हुन् । असल बाटोमा हिड्न अभिप्रेरित गर्न सक्ने पहिलो व्यक्ति आमा नै हुन् । यहि कुरालाई स्मरण गर्दै यहि अबसरमा गायक लेखु सहयात्रीले ‘आमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक सहयात्रीको स्वर तथा राजन खतिवडाको संगीत रहेको गीतको एरेन्ज फणिन्द्र राईले गरेका छन् ।

गीतमा मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका छन् । अर्जुन अधिकारीको निर्देशनमा निर्माण भएको गीतमा उत्सव दाहालको छायांकन रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ । गायकले आफ्नै रियल कथामा गीत तयार पारेको बताएका छन् । गीतको भिडियोमा चर्चित डान्सर सुशान्त खत्री फिचर भएका छन् । सुसान्तको अभिनयले जो कोही को पनि मन पगान्न सक्छ ।

For More videos Log on to Mazzako TV