लामो समय देखी नेपाली संगीतिक क्षेत्रमा क्रियाशिल गायिका यम सरगमको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्षको अबसरमा गायिका यम सरगमले ‘बिहानी को’ बालेको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हन् । प्रनिता चाम्लिङको शब्द रहेको गीतमा दिनेश सुब्बाले संगीत भरेका हुन् ।

भिडियोमा आफ्नो श्रीमान बिदेशमा हुँदा घरमा सासु तथा अग्रजले गर्ने नराम्रो व्यबहारले पिरोलिएकी एक बुहारीको कथा समेटिएको छ । रीमा विश्वकर्मा, रस्मी भट्ट र अनिल थापाको अभिनय रहेको उक्त गीतको भिडियोले मन छुन्छ ।

उत्सब दहालले चिेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । सोनाम पाख्रिनलेको भिडियोलाई कलात्मक तरिकाले निर्देशन गरेका छन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV