अभिनेता प्रदिप खड्काले फिल्म ‘लिलिबिली’ले पाएको सफतासँगै आफ्नो स्टारडम पनि देखाएका छन् । शनिबार उनकै कारणले हलमा दर्शक आएको निर्माण टिमको वुझाइ छ । प्रदिपको डिमाण्ड फिल्म चलेपछि झनै भएको छ । उनले, काम गर्नका लागि तयार भएको फिल्मको नाम लामै भैसकेको छ ।

उनले फिल्म ‘रोजी’मा तत्काल काम गर्न लागेको खबर सार्वजनिक भैसकेको छ । यो फिल्मलाई निरक पौडेलले निर्देशन गर्दैछन् । यस्तै, प्रदिपले निर्माता सुवास गिरीले बनाउन लागेको फिल्म ‘भैरवी’का लागि पनि संझौता गरिसकेका छन् । प्रदिपले फिल्म ‘सोलीडोली’का लागि पनि काम गर्ने पक्का गरिसकेको खबर सार्वजनिक भएको थियो ।

यस्तै, उनले निर्माता गोविन्द शाहीलाई पनि उनले बनाउन लागेको नयाँ फिल्मका लागि बचन दिइसकेका छन् । यसरी, प्रदिपको अहिले ४ वटा फिल्मलाई लिएर चर्चा चलेको छ । तर, उनले गर्ने चै कुन हो ? पक्का गरेका छैनन् ।

For More videos Log on to Mazzako TV