Jindagi Rocks 1‘जिन्दगी रक्स’, यो चलचित्रको नाम हो । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र निर्माणको घोषणा गरिएको हो ।

चलचित्रको निर्देशन म्युजिक भिडियो निर्देशनमा राम्रै नाम कमाएका निकेश खड्काले गर्ने भएका छन् ।

चलचित्रमा नायिकाको रुपमा मोडेल अकेशा बिष्टले डेब्यु गर्दैछिन् । केही दिनभित्रै फ्लोरमा जान लागेको चलचित्र जिन्दगी रक्समा अकेशाका अलावा केकी अधिकारी, ऋचा घिमिरे, प्रकृति श्रेष्ठ लगायतको मुख्य भुमिका रहनेछ ।

त्यस्तै चलचित्रमा राजेन्द्र खड्गी, सौरमराज तुलाधर र सोनाम पाख्रिनको पनि अभिनय रहनेछ । चलचित्रमा निर्देशक निश्चल बस्नेतको पनि बिशेष भुमिका हुने बताईएको छ ।

एडभेन्चर लभस्टोरी शैलीको यस चलचित्रमा कमेडी पनि रहने बताईएको छ । युवाहरुको जीवनशैलीलाई रमाईलो पारामा देखाउन लागिएको यस चलचित्र कलरफुल हुने निर्देशक खड्काले बताएका छन् ।

Jindagi Rocks 2

भि प्रोडक्सन एण्ड निकेश क्रियशनको ब्यानरमा सुजिता श्रेष्ठले यस चलचित्रमा लगानी गर्नेछिन् । चलचित्रको सुटिङ्ग काठमाण्डौ, पोखरा र चितवनमा हुनेछ ।

For More videos Log on to Mazzako TV