बलिउड अभिनेता सलमान खान अब जेठ १२ गते नेपाल आउने पक्का भएको छ । शनिवार रिहा भएसँगै आइतबार उनको नेपाल दबंग टुरको नयाँ मिति घोषणा गरिएको हो । आयोजक संस्था ओडिसीले एक पत्र सार्वजनिक गर्दै सलमान जेठ १२ गते नेपाल आउने औपचारिक घोषणा गरेका हो ।

सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावल नेपाल आउनेछन् । यस अघि सलमान फागुन २६ गते नेपाल आउने तय गरिएको थियो ।

तर उक्त समय नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएको भन्दै कार्यक्रम वैशाखको पहिलो साता हुने बताएको थियो ।सलमान जेल परेपछि नेपाल टुर अन्योलमा परेको थियो । तर अब उनि नेपाल आउँने पक्का पक्की भएको बताइएको छ ।

For More videos Log on to Mazzako TV