चार बर्षपछि पुनः फिल्म निर्देशनमा जोशिएर आएका निर्देशक आलोक नेम्बाङको चलचित्र ‘अझै पनि’का कलाकारहरु फाईनल भईसकेका छन् ।

सामाजिक प्रेमकथामा आधारित रहर बन्न लागेको चलचित्र ‘अझै पनि’मा चरित्र सुहाउदो पात्रहरु रहेको निर्माण युनिट जानकारी  गराउछ ।

pooja and surakshya pant

निर्देशक एवं निर्माता सुर्दशन थापाको होम प्रोडक्सन मार्फत बन्न लागेको यस चलचित्रमा नायकको रुपमा स्वयं सुर्दशन थापा नै देखा पर्दैछन् । चलचित्रमा सुर्दशनलाई नायिका पुजा शर्माले साथ दिनेछिन ।

Surakshya pant, sudarshan and pooja

त्यस्तै यसै चलचित्रबाट नायिकाको रुपमा सुरक्षा पन्तले पनि डेब्यु गर्नेभएकी छिन् । यसका अलावा दबाब फिल्ममा आईटम नम्बर पस्किएर चर्चा बटुलेकी प्रमिला खनाल र विपना धिमाल फिल्मका साहायक अभिनेत्रीका रुपमा देखिदैछन् ।

Aajhai Pani 1

यस्तै मोड्लिङको फिल्डमा नाम कमाईसकेका मोडल पुष्प बस्नेतले यस फिल्मबाट हिरोको रुपमा चलचित्र क्षेत्रमा आउदैछन भने सहअभिनेतामा विशाल ढुङगाना देखिदैछन् । बिशालले चलचित्र मोक्क्षमा गरेको अभिनयबाट उनले निकै तारिफ बटुलेका थिए । यस फिल्मका निर्माता सुर्दशन र कष्ट्यूम डिजाईनर पुनम गौतम हुन ।

Bishal Dhungana

सुटिङमा जानु अघिनै स्टोरी अनुसार फोटो सुट गरेर यी तस्बिरहरु फिल्म निर्माण यूनिटले सार्वजनिक गरेको हो ।

Sudrashan and pooza

11

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Pramila khanal

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Sudershan Thapa

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

puspa basnet2

For More videos Log on to Mazzako TV