142
कालो चस्मा लगाएर हातमा सारङी बोकी गायक श्रीकृष्ण लुइटेल दमक बजारमा गीत गाएर पैसा बटुल्दै भेटिए । उनी फेसबुकले बर्बाद बनाएको बिलौना गाइरहेक थिए । उनको भावभंगी हेर्दा साच्चै उनलाई फेसबुकले पागलैबनाएको झै देखियो ।

तर उनलाई बास्तविक जिवनमा भने फेसबुकले पागल बनाएको होईन । उनको गीतको बोल नै ‘पापी फेसबुक’ हो । मंगलबार झापाको दमक चोकमा गीतको छायांकन गरिएको हो ।

गायक लुईटेलको फेसबुके गीतमा फेसबुकले समाजमा ल्याएको बिकृतीलाई उठान गरेको छ ।

दिपेश प्रसाईको निर्देशनमा तयार भईरहेको म्युजिक भिडियो दमक, इटहरी, धरान, बिराटनगर आसपासमा छायांकन गरिने गायक लुईटेलले जानकारी गराएका छन् ।

गीतमा दिपेश प्रसाईको शब्द र कृष्ण भण्डारीको संगीत रहेको छ । निकै अपेक्षा राखिएको यो गीतले बजारमा आएपछि स्रोता दर्शकलाई कत्तिको पागल बनाउछ, त्यो भने हेर्न बाँकी नै छ ।

140

For More videos Log on to Mazzako TV