अभिनेत्री केकी अधिकारीको पहिलो निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । बिशाल भण्डारी निर्दे्िशत फिल्मको राजधानीमा एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा ऋचाले मोडल तिर्सना बुढाथोकीको हाउभाउमा प्रस्तुत भएकी छिन् । कमेडी जनरामा निर्माण भएको फिल्मको ट्रेलरले मज्जाले हसाउँछ । ट्रेलरमा पैसाका लागि पात्रबीचको तनाबलाई मज्जाको तरिकाले प्रस्तुत गरिएको छ ।


फिल्मका यसअघि सार्वजनिक ‘सिओ डब्लु काउ’ र ‘अब मन सँग मन’ बोलका गीतले मज्जाको प्रतिक्रिया पाइसकेका छन् । फिल्ममा ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा केकी निर्मात्रीको रुपमा छिन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् । शान बस्नेतको कथा र लोकेश बज्राचार्यको सम्पादन रहेको यो फिल्मले तीन यूवतीको कथा भन्नेछ । फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV