पृथक संगीतका साथ ‘रेड मनसून’
चलचित्र ‘रेड मनसून’को ओर्जिनल साउण्ड ट्र्याक (ओयसटी) रिलिज गरिएको छ । बिशुद्व नेपाली बाजाहरुको प्रयोग गरिएको यस गीतमा लोचन रिजालको आवाज रहेको छ ।
रिजालको आफ्नै शब्द संगीतमा तयार पारिएको गीतमा सारंगी, आरबाजा,नगरा जस्ता बाजाहरुको प्रयोग गरिएको छ ।
नेपाली पुराना बाजाहरुलाई नयाँ ढंगबाट प्रयोग गरिनाले गीत मिठो मात्रै भएको छैन सँगसँगै पुराना बाजाहरुको संरक्षण तर्फ सबैको ध्यान तानेको पनि देखिन्छ । सुन्दा पृथक लाग्ने ‘पाईलाहरु’ बोलको यस गीतको भिडियो हेर्दा पनि पृथक नै लाग्छ ।
इलम दिक्षितले निर्देशन गरेको चलचित्र ‘रेड मनसून’मा हिमाली दिक्षित, सन्दीप क्षेत्री, सरिता गिरी, सृष्टि घिमिरे, सुदाम सिके लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्र रेड मनसूनमा जातिय ब्यबस्थाले निम्त्याएको परिणामलाई देखाउन खोजिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यर चलचित्रले किम्फ फिल्म फेस्टिभल, सानजुआन फिल्म फेस्टिभल, कोस्टिारिका र मुम्बईमा समेत फिल्म फेस्टिभलहरुमा सहभागिता जनाईसकेको छ ।
For More videos Log on to Mazzako TV