Ragini MMS 2पोर्नस्टार सन्नी लियोन अभिनित चलचित्र ‘रागिनी एम एम यस २’ ले बक्स अफिसमा आफ्नो जबरजस्त पकड बनाएको छ । १८ करोडमा बनेको यस चलचित्रले दुई हप्तामै भारतबाट ४७ करोड भारु कमाएको छ ।

चलचित्र ‘रागिनी एम एम इस २’ ले आफुलाई सुपरहिट फिल्मको रुपमा उभ्याउन सफल भएको छ । बक्स अफिसमा चलत्रिले १६१ प्रतिशतको प्रोफिट रेट बनाईरहेको छ, जुन प्रतिशतलाई एकदमै राम्रो मान्न सकिन्छ ।

बजार बिश्लेषकहरुका अनुसार यो चलचित्रले तेस्रो हप्तामा पनि लगातार राम्रो कारोबार गर्न सक्छ किनकी यस बिचमा ठुलो हाईप बनाएका चलचित्रको रिलिज छैन ।

तर पनि ‘रागिनी एम एम यस २’ लाई कंगना रनावटको ‘क्वीन’ र यसै हप्ता रिलिज भएको बरुण धवनको ‘मै तेरा हिरो’ ले भने टक्कर दिईरहेका छन् ।

‘रागिनी एम एम यस २’ लाई यसको ठुलो प्रभाव भने परेको छैन बरु टि २० विश्वकपले भने फिल्मको बजारलाई केही प्रभाव पारेको विश्लेषकहरु बताउछन् ।

For More videos Log on to Mazzako TV