बलिउड ‘डिभा’ सोनाम कपूरको बिवाहको चर्चा यतिबेला बलिउडमा निकै छ । बिशेषत: उनको बिवाहको भेन्यु र तयारीका बिषयमा बिभिन्न समाचारहरु आईरहेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको बिवाह स्विट्जरल्याण्डको जेनेभामा हुदैछ । बिवाहको लागि जेनेभाको महंगो होटल बुक समेत गरिएको छ ।


सोनमले आफ्ना प्रेमी आनन्द आहुजासँग बिवाह गर्न लागेकी हुन् । यि दुई निकै लामो समयदेखि रिलेसनसिपमा छन् । आनन्द एक फेसन कम्पनीका मालिक हुन् । Bhane नामको चर्चित ब्रान्डलाई धेरै सेलेब्सहरुले फलो समेत गर्छन् ।

सोनमका हुनेवाला हजबेन्ड आनन्द आहुजाले अमेरिकामा अध्ययन गरेका हुन् । यतिबेला उनको ब्रान्डले भारतमा निकै राम्रो छाप बनाएको छ ।


सोनम कपूर र आनन्दको रिलेसनसिप अनिल कपूरको ६० औ जन्मदिनमा २०१६ मा रिभिल भएको थियो । यि दुईले बिभिन्न शहरहरुमा डेट गरिरहेको समाचारहरु बेला बेला मिडियामा छाउदै आएको छ । अब भने फाईनल्ली लगनगाँठो कसिने नै भएको छ ।


सोनमको बिवाहको लागि अबु जानी र सन्दीप खोसलालाई वेडिंग ड्रेसका लागि बुक समेत गरिएको छ ।

 

For More videos Log on to Mazzako TV