अभिनेता अनमोल केसीको क्रेज नेपालमा मात्र होइन, विदेशमा पनि देखिएको छ । फिल्म ‘कृ’को विशेष शोका लागि अनमोल जापानमा छन् । फिल्मको आइतबार बेलुकी भव्य शो आयोजना भयो । जसमा, हजार दर्शकले फिल्म हेरेको आयोजकले बताएको छ ।

जापानमा कुनै नेपाली फिल्म हेर्न ५ सय दर्शक आए भने पनि ठूलो मानिन्छ । तर, ‘कृ’ हेर्न हजार दर्शक आएपछि आयोजक खुशी देखिएको छ । अभिनेता अनमोल केसी पुगेका कारण यूवतीहरु बढी फिल्म हेर्न आएका थिए ।

अनमोललाई यूवतीहरुले सेल्फी खिचेर माया दर्शाएका थिए । अनमोललाई फ्यानबाट बचाउन आयोजकलाई पनि धौ धौ परेको थियो । अनमोलको साथमा निर्माताद्धय सुवास गिरी र भूवन केसी पनि जापान पुगेका छन् । जापानमा इश्वर श्रेष्ठ र सुवास लामिछानेले फिल्मको प्रदर्शन अधिकार लिएका छन् ।

For More videos Log on to Mazzako TV