नेपालमा धेरै ‘रियालिटी शो’ आए अनि गए । कतिले केही छाप छाडे त कतिको नाम निशाननै रहेन् । पछिल्लो पटक एपिवान टेलिभिजनले गरेको गायन ‘रियालिटी शो’ नेपाल आइडलले भने मज्जाकै छाप छाड्न सफल रह्यो । यहि भिडमा अर्काे एउटा फरक खालको ‘रियालिटी शो’ हुने भएको छ । ‘ओ मेगा इन्टरटेनमेन्ट’ ले ‘नेपाल्स मेगा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यकमको आयोजना गरि उक्त ‘रियालिटी शो’ को औपचारिक घोषणा गरिएको हो ।

एपिवान टेलिभिजनमा नै प्रशारण हुने उक्त ‘नेपाल्स मेघा सिनेस्टार’ मा निर्देशक सोबित बस्नेत, पुर्व मिस नेपाल माल्भिका सुब्बा र निर्देशक तथा अभिनेता निश्चल बस्नेतले जर्जको भूमिका निभाउँने छन् । गायक सन्तोस लामा भने होस्टको रुपमा प्रस्तुत हुनेछन् ।

उक्त रियालिटी शो मा भाग लिनेले अभिनय गर्नुपर्ने छ । बिजेताले रु. २० लाख, एउटा कार तथा एउटा फिल्ममा अभिनय गर्ने अबसर पाउँने छ ।

For More videos Log on to Mazzako TV