सुजन तिगेला लिम्बुको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शब्द संगीत सुजनकै रहेको ‘कसम मन पर्यो’ बोलको गीत हालै युटुब मार्फत सार्वजनिक गरिएको हो । एलिसा राई र सुजनको अभिनय रहेको उक्त गीतको म्यूजिक भिडियोले चौतर्फी प्रशंसा बटुलीरहेको छ । गीतमा मायाँ प्रेमका कुराहरु संगै शिरबन्दी र श्रृंगारका कुरा गर्दै सोल्टीनीको सौन्दर्यलाई बयान गरिएको छ ।


उक्त म्यूजिक भिडियोलाई निर्देशक शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सप्रिम पराजुलीले सम्पादन गरेका छन् । हेर्नुस् भिडियो :

For More videos Log on to Mazzako TV