फिल्मको झै लाग्ने कथाबस्तुमा म्युजिक भिडियो निर्माण भएको छ । ‘मुखौटा’ बोलको यस गीति भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

सनुप पौडेल र कल्याण सिंहको आवाजमा रहेको यस गीतमा मनिष बशिष्टको शब्द छ । संगीत कल्याण सिंहले दिएका हुन् । भिडियोमा विवेकसिंह ठकुरी, वृन्दा कठायत, गौरवजंग राणा, प्रशन्न, सुवास गुरुङ लगायतको अभिनय छ । बुद्ध तामाङको छायांकन रहेको भिडियोमा विकास दाहालले सम्पादन गरेका हुन् ।

‘बहुला’, ‘छोरी अन्माउँदा’लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’मा पनि त्यो कुरालाई छाडेका छैनन् । निर्देशक खड्काले भिडियोलाई फिल्म ‘लुट’को फ्लेबरमा निर्माण गरिएको बताए ।

 

For More videos Log on to Mazzako TV