प्रदीप भट्टराई निर्देशित बहुप्रतिक्षित फिल्म ‘शत्रु गते’ को ट्रेलर ट्रेण्डिङ नम्बर एकमा परेको छ । मल्टीस्टार कलाकारको अभिनय रहेको फिल्मको ट्रेलरलाई नेपालसंगै कतारमा पनि रुचाएको छ । यो कतारमा पनि ट्रेण्डिङ नम्बर २१ मा परेको छ ।


यस फिल्म मार्फत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य फिल्म निर्माणमा फर्किएका छन् । फिल्ममा महसंगै दीपकराज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की , पल शाह, आँचल शर्मा लगायतको अभिनय रहेको छ ।


फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरीले संयुक्त रुपमा लेखेका हुन् भने संवाद निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दीर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

For More videos Log on to Mazzako TV