गायक बाबु बोगटीले होली गीत रिलिज गरेका छन् । गीतको लिरिकल भिडियो उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीत रिलिज गर्दै होली गीतले दर्शकको मन जित्ने कुरामा विश्वस्त रहेको उनले मज्जाको अनलाईनलाई बताएका छन् । लगभग २० बर्षे उनको सांगीतिक यात्रामा पहिलो पटक उनले होली गीत गाएका हुन् ।

बविन्द्र नेम्वाङको शब्दहरुमा उनको आफ्नै संगीत र आवाज रहेको छ । गीतको अफिसियल भिडियो पनि चाँडै सार्वजनिक गर्ने तयारी रहेको गायक बताउछन् । होलीको संघारमा आएको यस गीत यसपालीको होलीमा निकै मज्जाले घन्कने निश्चित प्राय छ । हेरौ, बाबुको होली गीतको लिरिकल भिडियो ।

For More videos Log on to Mazzako TV