Santosh 1कलाकार सन्तोस बराल यतिबेला क्रमश हाँस्यब्यंग्यमा सक्रिय बन्दै गईरहेका छन् । उनको सक्रियताले उनलाई चर्चित पनि बनाएको छ । मेरी बास्सै, जिरे खुर्सानी, तितो सत्य, लगन जुर्ला जस्तो छ, रातो पिरो, दृष्टि लगायतका हाँस्य श्रंखलाहरुमा उनले आफ्नो अभिनयको जादु देखाईसकेका छन् ।

उनी हाँस्य श्रंखलामा अभिनय गर्न मात्रै होईन निर्देशन र लेखनमा पनि उत्तिकै सक्रिय छन । ‘४२० को झड्का’ नामको हास्यश्रंखलामा कलाकार उद्ववराज भट्टराईसँग मिलेर निर्माण, लेखन र निर्देशनमा पनि उनले हात हालेका छन् ।

‘४२० को झट्का’मा गरिब ‘गोबिन्दे’ नामको चरित्र निर्वाह गरेका उनले आजको यो स्थानसम्म आईपुग्न निकै मेहनत गरेको सुनाउछन् । हाल काठमाण्डौ कपनमा परिवारसँगै बस्दै आएका उनी ‘तितो सत्य’मा अनुहार मात्रै देखाउनको लागि पनि धेरै पटक हाँस्यकलाकार दिपाश्री निरौला बसेको डेराको गेटमा घण्टौ कुरेको पनि सम्झन्छन् ।

मानिसले मेहनत ग¥यो र अवसर पायो भने जे पनि गर्न सक्ने उनको बुझाई छ । आफुमा त्यही कुरा लागु हने पनि उनी गफिदै सुनाउछन् । आफ्नो मान्छे नहुदा सुरुवाती दिनहरुमा आफुलाई निकै गा¥हो भएको सुनाउदै उनले भने ‘तर अहिले भने सफल्ताको नजिक छु भन्ने लाग्छ, मेहनत गरिरहेको छु, काम पनि पाईरहेको नै छु ।’

Santosh 2

२०६२ सालदेखि कालकारिताको क्षेत्रमा आवद्व भएका सन्तोसले करिब २५ बढी विज्ञापनमा अभिनय गर्न समेत भ्याईसकेका छन् । भविश्यमा कलाकारिताको क्षेत्रमा नै समर्पित भएर राम्रा राम्रा सृजनाहरुले दर्शकलाई खुशी बनाउने बाहेका आफ्नो केही योजना नभएको उनी बताउछन् । आफु कलाकारिताकै लागि जन्मिएको उनी बताउछन् ।

सन्तोषलाई मज्जाको अनलाईन परिवारको तर्फबाट सफल्ताको शुभकामना ।

For More videos Log on to Mazzako TV