यही फागुन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘गाँजा बाजा’ को गीत सार्वजनिक भएको छ । ‘रिगीपिटी’ बोलको गीत हेर्दा निकै निकै मज्जा लाग्छ । निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा फिल्मका लिड कलाकार द्वय अनुपम शर्मा र शुशील सिटौलालाई प्रस्तुत गरिएको छ ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको फिल्ममा रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतको अभिनय छ । फिल्म याकोपो रास्लिकले खिचेका हुन् । दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा निर्माता रहेको फिल्म लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा ‘गाँजा बाजा’ निर्माण भएको हो ।

https://youtu.be/XBxf-LP8MQA

For More videos Log on to Mazzako TV