छविराज ओझाको निर्माण रहेको फिल्म ‘मंगलम’ मोफसल प्रचारमा लागि परेको छ । निर्माता छविराजसंगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको युनिट पुर्वको धरानबाट प्रचारलाई तिब्रता दिएको हो । फिल्म युनिट धरानबाट इटहरी, दमक, बिर्तामोड हुदै चितवन, हेटौडा, पोखरा पुग्ने छ ।

नवल नेपाल निर्दे्शित फिल्मले पारिवारिक प्रेम कथालाई बोलेको छ । फिल्ममा शिल्पा, पुष्पसंगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने, नायिका साम्राज्ञी केमियो भूमिकामा छिन् । फिल्म फागुन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ । फिल्मको पर्ख पर्ख मायालु बोलको गीत हिट भैसकेको छ ।

For More videos Log on to Mazzako TV