कोरियोग्राफर रेनाशा वान्तवा राईको डेब्यू निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को लिरिकल अडियो गीत सार्वजनिक भएको छ । ‘थाहै भएन’ बोलको गीत हालै युटुब मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा स्वप्न सुमनको शब्द, संगीत र स्वर रहेको छ । प्रदर्शन मिति तय नभएको फिल्मको नेपाल छायांकन सम्पन्न भइसकेको छ भने, यूके छायांकन भैरहेको छ । फिल्ममा यूकेका थुप्रै रमणीय दृश्यहरु कैद गरिएको निर्देशक रेनाशाले बताइन् ।

प्रज्जवल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुक ताम्राकार लगायत मुख्य भूमिकामा छन् । आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’ लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । फिल्मका सह(निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

For More videos Log on to Mazzako TV