अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको फिल्म ‘हिरोज’ को प्रदर्शन मिति तय भएको छ । एनबि महर्जनको निर्देशित फिल्म यहि चैत्र २३ गतेबाट अलनेपाल सार्वजनिक प्रर्दशनमा आउँने भएको हो । बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति र प्रेमकथाको वरिपरी फिल्मको कथा घुमेको छ । फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतको अभिनय छ ।


फिल्मको प्रस्तुतकर्ताको रुपमा लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV