अभिनेता दयाहाङ राईको अभिनय रहेको फिल्म ‘नेप्टे’ को अर्काे नयाँ गीत रिलिज भएको छ । केहि साताअधि फिल्मको ‘सुपारी काचो’ गीत रिलिज गरेको फिल्मको ‘दिल रानी’ बोलको क्लब गीत सार्वजनिक गरेको हो । चैत ३० गतेबाट अलनेपाल सार्वजनिक आउँने फिल्मको गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।

गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गलाई प्रस्तुत गरिएको छ । गीतमा यमनाथ मैनालीका शब्द तथा कबिराज गहतराज कोरियोग्राफी छ । फिल्ममा दायाहाङसगै वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङल गायतको अभिनय छ । फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।

For More videos Log on to Mazzako TV