त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई फिल्म ‘ए मेरो हजुर २’ यनिटले सहयोग गरेको छ । फिल्म यनिटले बिहीवार अस्पतालमै पुगेर ७६ हजार नगद सहयोग गरेको हो । फिल्मका नायक सलिनमान बनियाँ र निर्माता सुनिल कुमार थापाले उक्त सहयोग रकम हस्तान्तरण गरे । ’ए मेरो हजुर २’ को बेल्जियम प्रदर्शनबाट संकलित रकम मध्ये ५१ हजार र अमेरिका निवासी मुकेश सुवेदीको मुकेश सुवेदी फाउण्डेशनबाट प्राप्त २५ हजार प्रदान गरिएको हो ।

आगामी दिनमा पनि ’ए मेरो हजुर २’ को विदेश प्रदर्शनबाट उठेको २५ प्रतिशत रकम समाज सेवामा खर्च गर्ने निर्माता थापाले बताए । मृगौला प्रत्यारोपणका लागि नेपालमा अझै धेरै दिन लाग्ने भएपछि अब हामी भारत जान लागेको जलजलाका पिता नारायण बहादुर दर्जीले जानकारी दिए । उनका अनुसार मृगौला प्रत्यारोपणका लागि अझै सहयोगको खाँचो छ ।

For More videos Log on to Mazzako TV