बलिउड एक्सन अभिनेता टाइगर श्राफ अभिनित फिल्म ‘बाघी २’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पउने ३ मिनेटको ट्रेलरमा टाइगरको खतरनाक एक्सन देख्न सकिन्छ । अहमद खान निर्देशित ‘बाघी २’ मार्च ३० बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

ट्रेलर रिलिजभन्दा केही घण्टा अगाडि निर्माण टीमले फिल्मको दुई नयाँ पोस्टर सार्वजनिक गरेको थियो, जसमा टाइगर र दिशा फिचर्ड छन् ।

ट्रेलरमा टाइगरसंगै मनोज बाजपाई, रणदीप हुड्डा र दिशा पटानीलाई पनि आक्रमक रुपमा प्रस्तुत गरिएको छ । यस फिल्मलाई साजिद नाडीयडवालाले निर्माण गरेका हुन् । ‘बाघी’ को तेस्रो सिरिज ‘बाघी ३’ पनि घोषणा भैसकेको छ ।

For More videos Log on to Mazzako TV