आउँदो शुक्रबार अर्थात फागुन ११ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन मा आउँने फिल्म ‘साढे सात’ मलेसियामा पनि प्रदर्शन हुने भएको छ । सोमबार साझ राजधानीमा बिषेश भेटघाट कार्यक्रम गर्दै मलाय भाषाको सबटाइटल सहित फिल्म रिलिज हुने निर्माण पक्षले बताएको छ । मलेसियाका करिब ७०० पर्दामा फिल्म लाग्ने छ । फिल्मको ट्रेलरबाट प्रभाबित भएर मलेसियाका वितरकले मलेसिया राइटस् किनेको र ७०० हलमा फिल्म रिलिज हुने बताइएको छ । ‘साढे सात’ मा नाकाबन्दीको समयमा एक फोटो पत्रकारले भोगेको पिडालाई प्रस्तुत गरिएको छ । उक्त भूमिकामा गयाक तथा नायक सत्यराज अचार्य छन् ।

सुनिल थापाको प्रस्तुति, सत्यस्वरुप इन्टरटेन्टमेन्ट, माउरी इन्टरटेन्टमेन्ट, ब्याल्क पेपर स्टुडियो, एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्को ब्यानरमा बनेको ‘साढे ७’मा सत्यराजको साथै मेनका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवालको मुख्य भूमिका रहेको छ । चलचित्रमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेश देव पन्त, डिजे सन्तोष र साम्तेम भुटियाको संयुत्त लगानी रहेको छ । चलचित्रलाई साम्तेम भुटियाले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV