फाल्गुन ११ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘पञ्चेबाजा’ युनिटले मोफसल प्रचारलाई तिब्रता दिएको छ । फिल्म रिलिज हुनै लाग्दा फिल्म युनिट पोखराबाट, बुटवल, चितवन, हेटौंडा, धरान लगायतका ठाउँमा तिब्रता दिएको हो । फिल्मको प्रमोशनका लागि कलाकारहरु सौगात मल्ल, जस्मिन श्रेष्ठ, निर्माता राजेश शाही, निर्देशक घनश्याम लामिछाने मोफसलका बिभिन्न शहरमा पुगेका हुन् ।

सोसल ड्रामा प्रस्तुत भएको फिल्म ‘पञ्चेबाजा’ मा सौगात जस्मिनसंगै कर्मा, बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमीरे, युवराज भण्डारी लगायतका कलाकारहरुको अभिनय छ ।
मंगलवार फिल्मका टिम पोखरामा पत्रकार भेटघाट गरि बुटवल लागेका छन् । एक हप्तासम्म फिल्मका टिम मोफसलमा रहनेछन् । प्रदिप भारद्धाजले लेखेको फिल्ममा विकास चौधरी र कालि प्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

For More videos Log on to Mazzako TV