गएको साउन २७ गतेबाट आलनेपाल सार्वजनिक प्रर्दशनमा आएको फिल्म ‘संरक्षण’ फेरी रिलिज हुने भएको छ । ‘संरक्षण’ तराईका केहि जिल्लामा बाढीका कारण स्थगित भएको थियो । अब, उक्त क्षेत्रमा फिल्म पुन रिलिज हुने भएको हो । फिल्म आउँदो होलिको असवर अर्थात फागुन १७ गतेबाट तराई प्रमुख शहरहरुमा रिलिज हुनेछ । फिल्मको नयाँ पोस्टर समेत सार्वजनिक गरेर रिलिज गर्न लागिएको हो । फिल्मले तराइमा हुने राजनितीकले पार्ने असर हरुलाई बोल्छ ।

होलिको अवसर पारेर ‘होरिमे गोरी’ बोलको गीत युट्युब सार्वजनिक गरिएको छ । पुर्णेन्दु निर्देशित फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिन जोशी, प्रमोद अग्रहरी, रमेश रंजन, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह लगायतको अभिनय छ । नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, नन्दु श्रीवास्तव, श्वेता शाहको लगानी रहेको फिल्म हिमाल केसीको एक्सन, पुरुषोत्तम प्रधानको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ ।

 

For More videos Log on to Mazzako TV