मिलन चाम्स निर्देशित फिल्म ‘ब्लाइन्ड रक्स’ को नेपालमा फागुन १८ बाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । तर फिल्मको नेपाल रिलिज अगावै हङकङमा प्रिमियर भएको छ । नेपाली डायस्पोराले सोमबार गरेको प्रिमियरमा निर्माता निकेश लिम्बु सहभागि हुन् पुगेका थिए । प्रिमियर पश्चात फिल्ममा हेरेका सबैले ‘ब्लाइन्ड रक्स’ लाई मज्जाको दिएका छन् । साथै हेर्नेहरु मध्येका धेरैका आँखा रसाएको निर्माता निकेशले बताए । 

निर्माता लिम्बुलाई आयोजक संस्था नेपाल चलचित्र एसोसिएसनले सम्मान समेत गरेको थियो । ‘ब्लाइन्ड रक्स’ यसअघि लण्डनका दुई दर्जन शहरमा प्रदर्शन भैसकेको छ । यो फिल्म बायोपिक किशोरावस्थामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनमा आधारित छ । फिल्ममा सृष्टि केसीको भूमिका बेनिशा हमालले निर्वाह गरेकी छन् । फिल्ममा बेनिशाका अलावा गौरी मल्ल, अर्पण थापा, अनिल शाह लगायतले अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV