अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा अर्काे प्रेम जोडी पनि अनुबन्धित भएको हो । फिल्ममा अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी अभिनेता आयुष्मान देशराज जोशी अनुवन्धित भएका हुन् । यसअघि फिल्ममा अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला अनुवन्धित भइसकेका छन् ।

नारी प्रधान भनिएको यो फिल्ममा तीनवटा फरक लभस्टोरीलाई प्रस्तुत गरिने छ । फिल्ममा प्रियंका र आयुष्मान प्रेम जोडीकै रुपमा प्रस्तुत हुने बताईएको छ । फिल्ममा एक सामाजीक कर्याकर्ताको भूमिकामा आयुष्मान देखिनेछन् । फागुन अन्तिम साताबाट फ्लोरमा जाने ‘एउटा यस्तो प्रेम कहानी’ लाई दीपेश सापकोटाले निर्देशन गर्दैछन् ।

वर्षा, प्रियंका र बिष्णु चेम्जोङ्गको प्रमुख भूमिका रहने फिल्ममा नरेन खड्का, किरण केसी समेतको अभिनय रहनेछ । अभिनेता तथा निर्माता शिव पनि फिल्ममा विशेष भूमिकामा देखिने छन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मलाई यशोदा राई र दिनेश दर्शनधारीले संयूक्त रुपमा निर्माण गर्न लागेका हुन् । निर्माता तथा नायक श्रेष्ठ आफैंले फिल्मको कथा लेखेका हुन् ।

For More videos Log on to Mazzako TV