आउँदो शुक्रबार अर्थात फागुन ११ गतेबाट सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ स्टारर फिल्म ‘पन्चेबाजा’ प्रर्दशनमा आउँदैछ । ‘पन्चेबाजा’ मा काम गर्दा सौगात मल्ललाई मज्जा आएको बताएका छन् । सौगत रंगमञ्चबाट नेपाली सिनेमा क्षेत्रमा प्रबेश गरेका एक भर्साटायल कलाकार हुन् । सौगातले ‘पन्चेबाजा’ आफ्नो रियल स्टोरी भएकाले पनि काम गर्न मज्जा आएको बताएका हुन् । ‘पन्चेबाजा’ मा सौगात थिएटरमा सर्घषरत एक रंगकर्मीको भूमिकामा प्रस्तुत छन् । उनि भन्छन् ‘मलाई यो फिल्ममा काम गर्दा मज्जा आयो । गीत संगीत ट्रेलरले तपाईको मन छुन्छ भने हेर्नुस् ।’


यता फिल्मले सेन्सर बोर्डबाट ‘पिजी सर्टिफिकेट’ पाइसकेको छ । न्यू भेनस फिल्मस्को व्यानरमा निर्माण भएको ‘पञ्चेबाजा’ मा राजेश शाहीको लगानी छ । फिल्ममा सौगात र जस्मिनसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको पनि अभिनय छ ।
सारा गुरुङ सह–निर्माता रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पार्श्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ । यो फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।

For More videos Log on to Mazzako TV