सफलताका साथ प्रदर्शन भैरहेको फिल्म ‘कान्छी’ को सेलिव्रेटी रेड कार्पेट शो सम्पन्न भएको छ । आइतबार राजधानीको कुमारी हलमा आयोजना गरिएको सेलिव्रेटी शोमा मह जोडी, निर्देशक दिपाश्री निरौला र माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री गृह मन्त्री अग्नि सापकोटाले लगायतले कान्छी हेरे ।


मलाई त कान्छी नै राम्रो लाग्यो, वरिष्ठ अभिनेता हरिवंश आचार्यले भने, श्वेताले मुटु निचोर्नु भएको छ । कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकन पक्ष सबै राम्रो छ, भर्सटायल एक्टरले भने । पुरानो धारको भएरपनि नयाँ चिजलाई अंगालेको छ, मदनकृष्ण श्रेष्ठले कान्छीबारे छोटकरीमा प्रतिक्रिया दिए ।


यता निर्देशक दिपाश्री निरौलाले श्वेताको कमब्याकलाई सार्थक बनेको बताइन् । कान्छी हेरिरहंदा मैंले श्रीदाईलाई सम्झिए, भावुक हुँदै दिपाले भनिन्, श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नुपर्छ । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठकै जिल्ला माओवादी केन्द्रका नेता सापकोटाले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । फिल्मको कथावस्तु र अभिनय राम्रो छ, सापकोटाले भने, फिल्म हेर्न थालेपछि अन्तिमसम्म समय बितेकै थाहा भएन ।


आकाश अधिकारी निर्देशित फिल्म कान्छी मा श्वेता कान्छीको शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् भने अभिनेता दयाहाङ राई, नीर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ ।
पुरुषोत्तम प्रधानको छायाँकन रहेको कान्छीमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको संगीत छ । गीतमा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले निर्देशन गरेका छन् । कान्छीको स्क्रिप्ट याम थापाको हो ।

For More videos Log on to Mazzako TV