यतिखेर सिनेमा घरमा दाश्रो सातामा प्रर्दशन भैरहेको छ, नायक अनमोल केसी अभिनित फिल्म ‘कृ’ । फिल्मले पहिलो सातामै करिब ५ करोडको ब्यापार गर्याे । अनमोल करिब २ बर्षको ग्याप पछि सिनेमा घरमा ‘कृ’ मार्फत हलमा छिरेका हुन् । उनि २ बर्ष सम्म गुपचुप थिए । त्यस पछि प्रमोशनले गर्दा उनी फ्रेस हुनका लागि काहिँ निस्कन पाएका थिएनन् । यतिबेला भने अनमोल फ्रेस हुन दिदीसंग चितवन पुगेका छन् ।

चितवनको सौराह दिदी काजलसंग पुेगेको केहि तश्बिरहरु बाहिरिएका छन् । काजलले आफ्नो आधिकारिक फेसबुकमा अनमोलसँगका केही तश्बिरहरु शेयर गरेकी छिन् ।

काजल भुवन केसीकी जेठी श्रीमती विजया केसीकी छोरी हुन् । चितवनमा अनमोल फ्रेस मूडमा देखिन्छन् । दिदी काजलसँग उनले चितवनमा ’हात्ती सफारी’ गरका छन् । केही दिन अनमोल फ्रेस हुनका लागि चितवनमा नै बस्नेछन् ।

For More videos Log on to Mazzako TV