गोविन्द सिंह भण्डारीले निर्देशन गर्न लागेको फिल्म ‘रणवीर’ घोषणा गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक घोषणा गरिएको हो । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर फ्लोरमा जाने फिल्म एक्सन, कमेडी र रोमान्सको समिश्रण रहने छ । दक्षिण भारतिय केहि फिल्म समेत गरिसकेका निर्देशक भण्डारीले नै ‘रणवीर’ को कथा लेखेका हुन् । फिल्ममा सुशील सिटौला र सुवेक्षा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारी, रवी गिरी, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिस रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय रहनेछ । जसमा प्रशान्त ताम्राकार, टिका पहारी, रवी गिरी र नरेश पौड्याल ‘रणवीर’ मा खलपात्रको भूमिकामा रहनेछन ।

गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीको लगानीमा निर्माण हुने फिल्म करिब २ करोडको बजेटमा निर्माण हुने बताइएको छ । महेश पौडेलको छायाँकन हर्कुलस बस्नेत, शुशान्त गौतम, अमित श्रेष्ठको संगीत रहने रहने छ । ‘रणवीर’ मा गम्भीर विष्ट र सुरेन बसेलको कोरियोग्राफी रहने फिल्ममा चन्द्र पन्तको एक्सन रहनेछ ।फिल्मलाई डडेलधुरा, महेन्द्रनगर, धनगढी र काठमाडौँमा खिचिनेछ ।

For More videos Log on to Mazzako TV