गायक जितेन लेप्चाको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गायक जितेन स्वर रहेको ‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरिएको हो । कुमार दुलालको शब्द रहेको गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् । सुन्दा निकै मन छुने गीतको संगीत संयोजन फणिन्द्र राईको हो ।

दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् । मिलन शंकरले खिचेको भिडियोलाई नेत्र गुरुङले सम्पादन गरेका हुन् ।

 

For More videos Log on to Mazzako TV