अभिनेता विपिन कार्की अभिनित फिल्म ‘नाका’ को शिर्ष गीत रिलिज भएको छ । फिल्मको टीजर, ट्रेलर पछि फिल्मको ‘मेरो नाका’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा रोहित शाक्यको संगीत, युनिक पोइटको शब्द, रोहित शाक्य र युनिक पोइट र रोविन तामाङको स्वर छ । ‘नाका’ राजधानीमा फागुन १७ र राजधानी बाहिर फागुन १८ गते प्रदर्शनमा आउँदै छ ।

अमित श्रेष्ठको निर्देशित फिल्ममा विपिनसंगै थिन्ले ल्याम्हो, रोविन तामाङ, शिव मुखिया, प्रकाश गंदर्भ, सुजन थापा मगर लगायतको अभिनय छ । अमित श्रेष्ठकै कथा रहेको ‘नाका’ लाई अभिषेक सुवेदीको लेखेका हुन् । फिल्ममा चिन्तनराज भण्डारीको छायाँकन, रोहित शाक्यको संगीत, विभूषण बस्नेत र पूजा गुरुङको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV